July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

दाङमा स्कूल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २२ जना घाइते

सांकेतिक तस्बिर

दाङ, दाङमा स्कूल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा भएको हो ।

उक्त दुर्घटनामा परि तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिएका छन् ।

दुर्घटनामा अन्य २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ

शीर्ष समाचार

धेरै पढिएको