April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ९९ जना डिस्चार्ज

काठमाडौं, सोमबार नेपालमा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको छ । पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमण निको भई डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २० रहेको छ ।

यस्तै, गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ रहेको छ । हाल क्वारेन्टाइनमा ५१ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको