April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

कृषि क्षेत्रमा ठूलो लगानीको जरुरी छ, हाम्रो क्षमताले भ्याउँदैन, विदेशी लगानी भित्र्याउनुपर्छ: कृषिमन्त्री 

काठमाडौं, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले विदेशी लगानीहरु आकर्षित गरेर कृषि क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् । उनले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउनु पर्ने बताइन् ।

सोमबार ‘खाद्यका लागि कृषि अभियान’ले गरेको ‘कृषि विकासका समसामयिक सवालहरु’ छलफल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकोले कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘हाम्रा साना व्यवसायी किसानहरुलाई मार्नेगरी होइन । उहाँहरुको संरक्षण गर्नेगरी, उहाँहरुको अझै थप विकास गर्नेगरी, कृषि क्षेत्रको हाम्रो सम्भावना छ भनेर भनिरहेका बेला, आज कृषि क्षेत्रमा ठूलो लगानीको जरुरी पनि छ । ठूलो लगानीको जरुरी छ, हाम्रो क्षमताले भ्याउँदैन । कृषि क्षेत्रको विकासको निम्ति आज ठूलो लगानी गर्नुपर्ने कुरा सरकार आफै एक्लैले गर्नसक्ने ठाउँमा छैन । कृषि क्षेत्रको विकास गर्नको निम्ति हाम्रो सामथ्र्यले भेटेन । हाम्रो लगानीले मात्रै भेटेन । विदेशी लगानीहरु पनि आकर्षित गरेर कृषि क्षेत्रको विकास गरौँ । उत्पादन बढाऔँ ।’

मन्त्री अर्यालले भनिन्, ‘हामीलाई नोक्सान हुने क्षेत्रमा होइन । हाम्रा किसानहरुलाई निरुत्साहित बनाउनेगरी होइन । हाम्रा किसानहरु, व्यवसायीहरुलाई पनि उत्साहित बनाउने अनि हामीलाई नोक्सान हुने क्षेत्रमा पनि नदिने । हामीलाई नोक्सान नहुने, हाम्रा व्यवसायी किसानहरुलाई पनि प्रोत्साहित गरिरहन पाइने, संरक्षण गर्न पनि पाइने, हामीले लगानी गर्न नसकेका यावत् क्षेत्रहरु छन् । तस् क्षेत्रमा हामीले कृषि लगानी गर्ने र हाम्रो कृषि क्षेत्रको विकास गर्ने ।’

शीर्ष समाचार

धेरै पढिएको