July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

प्रचण्डलाई थापाको प्रश्न: गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्ने?

काठमाडौं, राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुष्पकमल दाहालले गम्भीर आरोप लगाउने तर सरकारलाई दिएको समर्थन कायम राख्नु लाजमर्दो राजनीति भएको बताएका छन् ।

आज सामाजिक सञ्‍जालमार्फत थापाले २ पटक प्रधानमन्त्री भइसकेका दाहालले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको बताएका छन् ।

थापाले लेखेका छन् ट्विटरमा लेखेका छन्, ‘२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केही दिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्री केपी शर्मा ओली लाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ। यस्तो गम्भीर आरोप लगाउने ,तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति ।’

शीर्ष समाचार

धेरै पढिएको