April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बङ्गलादेशमा राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सलामी 

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा ढाका पुगेकी छिन्  । उनी आज बिहान नेपाल एयरलाइन्सको उडान नम्बर आर ए ००१ मार्फत ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीलाई बंगलादेशी समकक्षी अब्दुल हमिदले विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपति भण्डारीको स्वागतमा बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेन, स्वास्थ्यमन्त्री जाहिद मालिकी, रेलमन्त्री नुरुल इस्लाम सुजोन, विदेश राज्यमन्त्री मोहम्मद शाहरिरार आलमलगायत पनि उपस्थित थिए ।

सोही क्रममा राष्ट्रपति भण्डारीको सम्मानमा बंगलादेशी सेनाले ‘गार्ड अफ अनर’सहित २१ तोपको सलामी दिएको थियो । राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति हमिदको निमन्त्रणा र बंगलादेशका राष्ट्रिय पिता बंगबन्धुको सयौं जन्मजयन्तीका अवसर पारेर बंगलादेश पुगेकी  हुन् ।

शीर्ष समाचार

धेरै पढिएको