July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

आजबाट एक सिङे गैँडाको गणना शुरु

काठमाडौं, नेपालमा तोकिएको समयभन्दा करिब दुई वर्षपछि आजबाट विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना शुरु भएको छ । गणनाको सबै तयारी पूरा गरेर चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ब्लकमा राखी गैँडा गणना शुरु गरिएको हो ।

गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको हो । चितवन र पर्सामा आजबाट तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गते र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना शुरु हुने बताइएको छ ।

चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको