July 28, 2021, Wednesday
२०७८ श्रावण १४, बिहीबार

कपिलवस्तुमा बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षकोष स्थापना

कपिलवस्तु, मधेशी पत्रकार समाजद्वारा पत्रकार स्वर्गिय बनारसी बर्मा स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न अक्षकोष स्थापना गरेको छ । जिल्लाको कपिलबस्तु नगरपालिका–१ तौलिहवा निवासी बर्माको स्मृतिमा आज मधेशी पत्रकार समाज जिल्ला शाखाले अक्षकोष स्थापना गरेको हो ।

अक्षयकोषको लागि मधेशि पत्रकार समाज कपिलवस्तुका अध्यक्ष रमेश मिश्रले ५० हजार एक सय रुपैयाँबाट घोषणा गरेका छन् । सोही क्रममा मधेश मनाव अधिकार गृहका अध्यक्ष रविन्द्र नाथ ठाकुरले १० हजार १ सय, नेपाल प्रेस युनियनका सभापति गोपाल भण्डारीले ५ हजार एक सय, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष भेषराज पाण्डेले रेडियो बुद्ध आवाजबाट ५ हजार एक सय सहयोग गरेका छन् ।

त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका उप महासचिव दिनेश हमालले ५ हजार एक सय, रेडियो तिलौराकोटका अध्यक्ष अनिल तिवारीले ५ हजार एक सय र निल खबरकार शुरेश कुमार पाण्डेले ५ हजार एक सय सहयोग गरेका छन् । उक्त अक्षकोष स्थापना गर्न १० लाखको लक्ष्य लिएको समाजका अध्यक्ष मिश्रले बताए । सो रकमको प्राप्त व्याजबाट प्रत्येक बर्ष एक जना उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्ने उनले बताए ।

मधेशी पत्रकार समाजका केन्द्रिय वरिष्ठ उपाध्यक्षसमेत रहेका बर्मा विगत ३ दशक देखि पत्रकारिता पेशामा अबद्ध रहेका थिए । उनी नेपाल टेलिभिजनमा विगत २ दशक देखि कार्यरत रहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको