April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

एमालेका खनाल -नेपाल पक्षद्वारा युवा संघको समानान्तर कमिटी गठन

  • 12
    Shares

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले युवा संघ नेपालको समानान्तर कमिटी गठन गरेको छ । राष्ट्रिय सभागृहमा आइतबार भएको नेपाल–खनाल पक्षको युवा संघको भेलाले नरेश शाहीको नेतृत्वमा सामानन्तर समिति बनाएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा क्रान्ति बुर्लाकोटीसहित ९ जना रहेका छन् । त्यस्तै महासचिवमा दीपक जीएम चयन भएका छन् । युवा संघको पदाधिकारी मात्रै ५० जनाको रहेको छ । जसमा ८ जना उपमहासचिव र २९ जना सचिव र १ जना कोषाध्यक्ष छन् ।

शीर्ष समाचार

धेरै पढिएको