April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

मर्स्याङ्दी नदीमा ट्रक खस्दा एक नाबालकसहित ६ जनाको मृत्यु

मनाङ, मनाङको नासों गाउँपालिका–४ खोत्रोमा शनिबार भएको ट्रक दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । ट्रकमा सवार एक नाबालकसहित ६ जनाको मृत्यु भएको हो ।

मनाङका डीएसपी सुवास खड्काका अनुसार सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक नासों गाउँपालिका–३ खोत्रोबाट मर्स्याङ्दी नदीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।

उनका अनुसार सिमेन्ट बोकेर जाँदै गरेको ट्रक उकालो बाटोमा अनियन्त्रित हुँदा दुर्घटना भएको थियो । ट्रक सडकबाट करिब ४५ मिटर तल मर्स्याङ्दी नदी किनारमा पुगेको छ ।

मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मनाङमा पठाइएको छ भने दुर्घटनाको कारण अझै खुलेको छैन ।

शीर्ष समाचार

धेरै पढिएको