April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

आजबाट देशभर फागु पर्व (होली) सुरु

काठमाडौं, काठमाडौंको हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएसँगै आजबाट देशभर फागु पर्व (होली) सुरु भएको छ ।

पर्व परम्पराअनुसार फाल्गुनशुक्ल अष्टमीदेखि पूर्णिमासम्म ८ दिन फागु मनाउने चलन छ । अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ ।

संस्कृतिविद्हरूका अनुसार पहिले–पहिले आठै दिन धुमधामसँग एकाआपसमा रंग, अबिर छ्यापी होली खेलेर वसन्तऋतुको स्वागत गर्ने चलन रहेको छ । पछिल्ला दिन भने पूर्णिमाको दिन मात्रै फागु मनाउने गरिन्छ । सोही अनुसार यसपालि चैत १५ गते फागु पर्छ ।

पर्वका अवसरमा हनुमानढोका दरबारको मोहनकाली चोकमा राजा प्रताप मल्लको पालामा बनाइएका श्रीकृष्ण र अर्धनग्न गोपिनीका मूर्तिहरू सजाई अबिर छर्किई पूजा गर्ने चलन छ ।

शीर्ष समाचार

धेरै पढिएको