April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, ८२ जना डिस्चार्ज

  • 57
    Shares

काठमाडौं, शनिबार नेपालमा थप ७९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ८२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ८ सय १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हाल देशभर २२ लाख ३३ हजार ३ सय ४५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ५१ जना रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको