April 22, 2021, Thursday
२०७८ बैशाख ९, बिहीबार

नेकपा एमालेको संसदीय दलको विधान संशोधनसहित पारित

  • 23
    Shares

काठमाडौं, सत्तारुढ एमालेको संसदीय दलको विधान संशोधनसहित पारित भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले उक्त विधान पारित गरेको हो । 

शनिबारको बैठकमा एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतम पनि सहभागी भएका थिए । सर्वोच्च अदालतले एमाले ब्युँत्याएपछि पहिलोपटक दलको बैठकमा उपस्थित गौतमले राजनीतिक र विधानका विषयमा पनि धारणा राखेका थिए ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार गौतमसहित बैठकमा खिमलाल भट्टराई, विन्दा पाण्डे, राजेन्द्र गौतम, कृष्ण दाहाल, मना केसी, विमला विक, गोपाल बम, भानुभक्त ढकाल, शान्ति पाख्रिन, कृष्णभक्त पोखरेलले धारणा राखेको थिए ।

शीर्ष समाचार

धेरै पढिएको