April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

४० वर्षदेखि भारतीय जेलमा रहेका दुर्गाप्रसाद छुटे 

  • 21
    Shares

कोलकता, सुनुवाइ बिनानै ४० वर्षदेखि भारतीय जेलमा कैदी जीवन बिताइरहेका नेपाली दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन् । इलाम माई नगरपालिका–१० लुम्बाकका तिम्सिना शनिबार कोलकतास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’ मा रहेका तिम्सिना आज जेलबाट छुटेका हुन् ।

उनलाई लिन दमदम जेलमा भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानव सेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत पुगेका थिए । उनी सन् १९८० मा दार्जेलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए ।  

उनीमाथिको यो आरोप भने प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र बताउँछन् ।

‘प्रमाणको नाममा एउटा जाहेरी छ । त्यहाँभन्दा अरू केही प्रमाण देखिँदैन । दाइलाई किन ४० वर्ष जेल राखियो ?,’ उनका भाइ प्रकाशचन्द्र भन्छन्, ‘मुद्दा नै नभएको अवस्थामा सुनुवाई नगरी राखिएको छ । यो त अनाहकै फसाउन खजिएको हैन ।’

शीर्ष समाचार

धेरै पढिएको