आजको मौसम पुर्वामुमान: अपराह्नपछि हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव बढ्दै गएको छ । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहने पनि विभागले जनाएको छ ।
विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ ।
बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भूभागमा पानी पर्ने सम्भावना देखिएको हो । हाल देशभर आंशिकदेखि सामान्य बदली भैरहेको छ ।
यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्