April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, १२३ जना डिस्चार्ज

  • 25
    Shares

काठमाडौं, शुक्रबार नेपालमा १२५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२३ जना संक्रमित निको भएर डिस्चार्ज छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।

हाल देशभर १ हजार १ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३० हजार ७ सय ८ पीसीआर परीक्षण भएका छन् ।

गत २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको