April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सर्वोच्चले असंवैधानिक कदम भनेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन?: कांग्रेस

काठमाडौं, नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संसदमा प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने माग गरेका छन् । शुक्रबार पुनर्स्थापित प्रतिनिधि सभाको चौथो बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर भनिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

खाँणले भने, ‘हामी सरकारको सदस्यको ध्यानाकर्षण गराउन चाहन्छौं, सर्वोच्च अदालतले असवैधानिक भनेपछि संविधान मान्छौं भन्ने सरकारले त्यो गल्तिको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ।’ उनले अहिलेको सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्न थालिएको बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको