April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

निश्चित व्यक्ति प्रधानमन्त्री बन्न नपाएपछि त्यसैलाई अग्रगमन भन्न थालियो: ज्ञवाली 

  • 14
    Shares
file photo

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोही प्रधानमन्त्री बन्न नपाए त्यसैलाई प्रतिगमन भन्ने भाष्य नेपालमा विकास भएको बताएका छन् । आज प्रतिनिधिसभाको चौथो बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भने, ‘प्रतिगमनको परिभाषा कस्तो भयो भने निश्चित व्यक्ति पदमा पुग्न पाउँदा अग्रगमन हुने, पद नपाउँदा प्रतिगमन हुने, तर हाम्रा निम्ति काठमाडौंका काकाकुलजस्ता परेका नागरिकहरुले पानी खान पाउँदाको जस्तो अग्रगमन केही हुँदैन ।’

नेपालमा सकारात्मक कुराको चर्चा कम हुने गरेको बताउँदै मन्त्री ज्ञवालीले सम्बोधनका क्रममा भने, ‘हामीकहाँ निश्चित व्यक्तिको प्रधानमन्त्री बन्ने सपना पूरा भएन भने त्यसैलाई प्रतिगमन भन्ने नयाँ भाष्य विकास भएको छ ।’

उनले वर्तमान सरकारले उल्लेखनीय कार्य गरेको पनि दाबी गरे । अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस हुनु खुसीको कुरा भएको उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको