April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

चितवनमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन, चितवनमा ट्र्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्वी चितवनको कालिका नगरपालिकामा आज बिहान १०ः४० बजे ट्र्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ भोर्लाघारीका २८ वर्षीया गङ्गा मगर रहेकी छन् । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका स्कुटर चालक मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो ११ः ०५ बजे मृत्यु भएको हो ।

 
प्रहरीका अनुसार जुटपानीबाट शक्तिखोरतर्फ जाँदै गरेको नम्बर प्लेट नराखिएको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको ना२१प ३७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर उनी घाइते भएकी थिइन् । स्कुटरलाई ठक्कर दिने ट्र्याक्टर चालक हाल नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
 

शीर्ष समाचार

धेरै पढिएको