April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

महान्यायाधिवक्ता अग्नि खरेलले दिए पदबाट राजीनामा

काठमाडौं, महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । आज पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते  खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन् ।

खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको