April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख आर्थिक सहयोग गर्ने

काठमाडौं, गत फागुन १४ मा मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिएका छन् ।

आज बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्री पोखरेल जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए भने उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको