April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

प्रतिनिधिसभाको बैठक आज बस्दै

  • 9
    Shares

काठमाडौं, संघीय संसद अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । दिउँसो एक बजे संसद भवन बानेश्वरमा प्रतिनिधिसभा बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट दुईवटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सांसद अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । कोइरालाको बिहीबार निधन भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको