April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सार्वजनिक यातायातको भाडा बढाउन यातायात व्यवसायीको माग

काठमाडौं, यातायात व्यवसायीले सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग माग गरेका छन् । बिहिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा समायोजन गर्न आग्रह गरेको हो ।

पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको भन्दै महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरे सवारी साधन नचलाउने चेतावनीसमेत दिएका छन् ।

महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको