April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

बैशाखमा हुने पार्टी महाधिवेशनमा लाग्न सबै कार्यकर्तालाई थापाको आह्वान

file photo

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले आगामी वैशाखमा हुने पार्टी महाधिवेशनमा लाग्न आह्वान गरेका छन् ।

अध्यक्ष थापाले आज सामाजिक सञ्जाल ट्विटरमा लेख्दै थापाले सबै तहका इकाईहरूको गठन र सक्रिय सदस्य बनाउने कार्य पूरा गर्न आग्रह गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘आगामी वैशाखमा हुने राप्रपा महाधिवेशन पार्टीलाई देशको अग्रणी शक्ति बनाउने, हिन्दूराष्ट्र र राजसंस्था पुनःस्थापना गर्ने एवं सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा ऐतिहासिक कोशेढुंगा हुनेछ । महाधिवेशनलाई समयमै सम्पन्न गर्न सबै तहका इकाईहरूको गठन र सक्रिय सदस्य बनाउने कार्य पूरा गरौं ।’ 

शीर्ष समाचार

धेरै पढिएको