August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

अब अराजकता र एकताविरोधी क्रियाकलापमा छुट हुने छैन: प्रधानमन्त्री ओली

file photo

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता र एकताविरोधी क्रियाकलापमा छुट नहुने बताएका छन् ।

मंगलबार पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै
उनले गुटगत भेलामा नजानसमेत आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

उनले माधवकुमार नेपाल समूहको नाम नलिई केही मानिसहरुले भेला आयोजना गर्दैछन् भन्ने सुनेको बताउँदै एमालेसँग आवद्ध, सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराएका छन् ।

ओलीले भने, ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने अरे, समानान्तर कमिटी बनाउने अरे । अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलापमा छुट हुने छैन’ उनले अघि भने, ‘अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन ।’

शीर्ष समाचार

धेरै पढिएको