August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

नेकपा एमालेको चियापान कार्यक्रममा उपस्थित भएनन् नेपाल-खनाल पक्षका नेता

काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटारमा पार्टीका आफू निकटका नेता-कार्यकर्ताहरूलाइ चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम गरेक छन् ।

सो कार्यक्रममा नेकपा एमाले अर्काे खेमा (नेपाल-खनाल) का नेताहरू भने उपस्थित छैनन् । पार्टीका केन्द्रीय नेताहरुलाई बाेलाइए पनि माधव नेपाल, झलनाथ खनाल तथा वामदेव गाैतम र त्यस समूहका नेताहरू उपस्थित भएनन् ।

उनीहरू फरक-फरक कार्यक्रममा व्यस्त रहेकाे जनाइएकाे छ । माधवकुमार नेपाल समूहले मंगलबार नै ललितपुरको सानेपास्थिति हेरिटेज गार्डेनमा पत्रकार सम्मेलनको आयोजना गरेको छ भने उपाध्यक्ष वामदेव गौतमले बल्खुको रिद्धिसिद्धि पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको