August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

प्राध्यापक माणिकलाल श्रेष्ठको ८८ वर्षको उमेरमा निधन

काठमाडौं, प्राध्यापक माणिकलाल श्रेष्ठको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा मंगलबार बिहान ८ बजे निधन भएको हो ।

केहि सातादेखि अचेत अवस्थामा रहेका उनको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो । उनी नेपालभाषा, इतिहास, भाषिक, साँस्कृतिक तथा मार्क्सवादी अध्ययनका प्रकाण्ड विद्वान मानिन्छन् ।

नेपालभाषामा लिखित ‘पाश्चात्य समालोचना सिद्धान्त’ उनको चर्चित कृति हो । यस्तै उनको निधनमा शैक्षिक, राजनीतिक, सामाजिक क्षेत्रका व्यक्तिहरुले श्रद्धाञ्जलि दिएका छन् ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली बाम आन्दोलनका सिध्दान्तनिष्ठ अग्रज, लोकतान्त्रिक आन्दोलनका अथक योध्दा, नेपालको जातीय तथा भाषिक साँस्कृतिक मुक्ति आन्दोलनका प्रतिष्ठित बिचारक एवं नेता र बहुआयामिक ज्ञानका धनी ब्यक्तित्व क. माणिकलाल श्रेष्ठको दुःखद निधनबाट मर्माहत भएको छु। हार्दिक श्रध्दाञ्जली। सबैमा समवेदना’

शीर्ष समाचार

धेरै पढिएको