August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दै

काठमाडौं, प्रतिनिधिसभाको तेस्रो बैठक आज दिउसो बस्दैछ । संसद भवन नयाँ वानेश्वरमा दिउसो एक बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएपछि बैठक विजनेश विहीन हुने देखिएको छ ।

आजको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची राखिएको छ ।

अधिवेशन शुरु भएको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने भए पनि प्रतिनिधिसभाको तेस्रो बैठकमा समेत सातवटा अध्यादेश पेश नहुने भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको