August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

बालुवाटारमा आज एमालेको चियापान कार्यक्रम, नेपाल-झलनाथ पक्ष उपस्तिथ नहुने

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् । सर्वोच्च अदालतले एमाले पार्टी ब्यूताएपछि पार्टीका केन्द्रीय सदस्यका लागि बालुवाटारमा चियापान कार्यक्रम राखिएको हो ।

मंगलबार बिहान ११ बजेपछि बालुवाटारमा आयोजित चियापान कार्यक्रममा माधव कुमार नेपाल-झलनाथ खनाल पक्षका नेताहरु भने सहभागी नहुने भएका छन् । फागुन २८ गते पार्टीको जिम्मेवारीमा ब्यापक हेरफेर गरिएपछि नेपाल खनाल पक्ष असन्तुष्ट छ ।

चैत ७ गते केन्द्रीय कमिटी बैठक डाकिएकाले यो चियापानलाई सोही बैठकको तयारीको रुपमा पनि हेरिएको छ । नेपाल-खनाल पक्षले भने केन्द्रीय समिति बैठकमा पनि सहभागी नहुने जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको