
सिन्धुपाल्चोक – बाह्रबिसे नगरपालिका वडा नं. १ का वडा अध्यक्ष कामी शेर्पाले आफ्ना वडामा खटिएका कर्मचारी र स्वयमसेवक हरुलाई कोरोना बिमा गरिदिने भएको छ । पछिल्लो समय नेपालमा काेराेना संक्रमितको संख्या बढेर १५ हजार नाघिसकेको छ उक्त संख्या समय र परिस्थितिलाई मध्य नजर गर्दै बिमा गरिदिने व्यवस्था गरेकाे उनकाे भनाइ छ ।
काेराेना भाइरसकाे असर समुदाय स्तरमा फैलिन सक्ने त्रास भैरहेको छ । यस्तो बेला फ्रन्ट लाईनमा रहेर जनताको स्वास्थ्यको ख्याल गर्ने, कार्यालयमा प्रत्यक्ष जनताको सेवाको लागि खटिने र बिकास निर्माणको कार्यमा अहोरात्र खटिने कर्मचारीहरुको बिमाले सहयाेग पुग्ने शेर्पाको बुझाई छ । अध्यक्ष शेर्पाका टिमले धेरै शंकटमा परेकाे ठाउँमा साबुन , मास्क र औषधिहरु लगेर दिएकाे र घरदैलाे कार्यक्रम गरि सचेतनाकाे लागि जानकारी गराएकाे हाम्रो कान्तिपुरलाई बताएका छन् । र गाउँमा वश्यक सहयाेग गर्ने र आम वडा वासिकाे लागि स्वास्थ रहन आवश्यक पहल गरिने पनि अध्यक्ष शेर्पाले बताएका छन् ।







