August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

बारामा प्रसौनी गाँउपालिकाको आठौं गाउँ सभा कार्यक्रम सम्पन्न

बारा, प्रसौनी गाउँपालिकाको आठौं गाउँपालिका सभा तथा आर्थिक वर्ष २०७७/२०७८ को दोस्रो गाउँ सभा कार्यक्रम सम्पन्न भएको छ । सोमबार गाउँपालिकाको सभाहलमा आयोजित सो कार्यक्रम पालिकाको अध्यक्ष भोला प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा उपाध्यक्ष गीता साहले कुनै पनि राजनीतिक प्रेसर नलिई काम गरि आफु न्यायिक समितिमा आफुले मुद्दाहरु समाधान गरिरहेको र सोही अनुसार गाउँपालिकाको हरेक बिकासका लागि आफु प्रतिबन्ध रहेको बताइन् ।

सो अवसरमा पालिकाको दुई सहिद दिनासाथ र जयप्रकाश तेलीको परीवारलाई अध्यक्ष भोला प्रसाद गुप्ताले प्रती परिवार नगद २५ हजार बितरण गरेको गरेका थिए ।

यस्तै, कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनेन्द् भुजेल, वडा अध्यक्षहरू लालबाबु मुखिया, सुरेश गुप्ता, बैधनाथ गुप्ता, आनन्द गुप्ता, बृजकिसोर कुशुवाहा, राममणी गुप्ता, प्रभु दास तत्मा, सर्दा देबी तत्मा, शान्ति देबी लगायतका अन्य शाखाका समितिहरुको उपस्थिति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको