April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

सगरमाथा आरोहणका लागि बहराइनका राजकुमारसहित १६ जनाको टोली नेपालमा

काठमाडौं, सगरमाथा आरोहणका लागि बहराइनका राजकुमार सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सोमबार साँझ नेपाल आइपुगेका छन् । बहराइन डिफेन्स फोर्सको सैन्य जहाजमार्फत राजकुमारको टोली साँझ काठमाडौं आएका हुन् ।

टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा ३ बेलायती नागरिक पनि रहेका छन् । यसअघि यो टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको