August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, ७५ जना डिस्चार्ज

काठमाडौं, सोमबार नेपालमा थप ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


गत २४ घण्टामा ७५ जना संक्रमित निको भएर घर डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा कोरोना निको हुनेहरुको संख्या २ लाख ७१ हजार ४ सय १ पुगेको छ ।

हाल देशभर ८ सय ९५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा २२ लाख १८ हजार ७ सय २२ पीसीआर परीक्षण भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको