August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

सुरुवात राम्रो भए पनि छुट्टिने बेलामा टर्रो कुरा भयो: नेता पौडेल

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच आज भएको वार्ता सकारात्मक भएको बताइए पनि निष्कर्षविहीन भएको छ ।

पार्टी कार्यालय धुमबाराहीमा सोमबार भएको वार्तामा दुवै समुहले पार्टीलाई एकतावद्ध गर्दै अघि बढाउने प्रतिवद्धता जनाउँदै आ–आफ्ना अडानमा रहेपछि ठोस सहमति हुन नसकेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको बताएका छन् । उनले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हो, यो अवस्थामा पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकताबद्ध बनाउँ, आन्दोलनलाई पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।”

नेता नेपाल पक्षका उपाध्यक्ष भीम रावलले पार्टी एकतावद्ध गरेर जाने विषयमा सबैको एकमत भएपनि सर्वोच्च अदालतको फैसला पछिका क्रियाकलापको प्रभाव शून्य बनाएर अघि बढ्ने विषयमा सहमति जुट्न नसकेको जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको