August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

नेकपा एमालेका ओली-नेपाल पक्ष वार्ता सकियो, छलफल सकारात्मक

काठमाडौं, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीच आज धुम्बाराहीमा भएको छलफल सकिएको छ ।

नेपालका तर्फबाट छलफलमा सहभागी नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको बताएका छन् । उनले भने,  ‘हामीले आ आफ्ना अडान राख्यौं । यसरी वार्ता हुनुलाई पनि सकारात्मक रुपमा लिएका छौं । कुराकानी सकारात्मक भएको छ । फेरि पनि कुराकानी अगाडि बढाउने भन्ने छ ।’

उनले थपे, “अध्यक्ष कमरेडले सकारात्मक रुपमा आगाडि बढाउनु हुनेछ भन्ने विश्वास छ । अदालतले सबैलाई एमाले बनाइदिएको हुँदा एमालेलाई एकताबद्ध बनाउने कुरामा अध्यक्षले जोड दिनुपर्छ ।”

नेता पन्तका अनुसार शुक्रबार ओलीपक्षको बैठकबाट भएका निर्णय विधानसम्मत नभएको र सो बैठकबारे आफूहरुलाई जानकारी नभएको अडान वार्तामा राखेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको