July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

राष्ट्रपति भण्डारी अर्को साता बंगलादेश भ्रमणमा जाने

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी अर्को साता बंगलादेश भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी यहीँ चैत ९ र १० गते बंगलादेश जाने तय भएको हो ।

उनका राजनीतिक सल्लाहकार डा. लालबाबु यादवले पनि भ्रमणको तयारी जानकारी दिएका छन् । बंगलादेश स्वतन्त्र भएको स्वर्णजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् ।

शीर्ष समाचार

धेरै पढिएको