August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ विशेषज्ञ टोली पुनः दैलेख आउँदै

दैलेख, दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम नतिजाअविश्लेषण गर्नका लागि चिनियाँ विशेषज्ञ टोली पुनः दैलेख आउने भएको छ । खानी तथा भू–गर्भ विभागका अनुसार चैत्र १९ गतेसम्ममा टोली दैलेख आउने भएको हो ।

अन्तिम ‘ड्रिलिङ’ लागि सडक यातायात उपयुक्त छ कि छैन अन्य पूर्वाधारको तयारी गर्न कतिको सहज वा असहज छ भन्दै टोली आउन लागेको खानी तथा भू गर्व विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिएका छन् ।

अन्तिम सर्वेक्षणको लागि जमिनमुनि ४ किलोमिटरसम्म ‘ड्रिलिङ’ गर्नुपर्ने र सोको सम्भाव्यता अध्ययनका लागि टोली नेपाल आउन थालेको हो । अन्तिम ‘ड्रिलिङ’ प्रतिवेदनका आधारमा दैलेखको कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भनेर टुङ्गो लाग्ने विभागले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको