November 28, 2020, Saturday
२०७७ मंसिर १३, शनिबार

बझाङ पहिराे अपडेट: ६ जनाकाे शव फेला पुरै गाउँ शाेकमा

बझाङ बझाङमा शुक्रवार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका ८ मल्लेसी गाउँमा १८ घर पहिरोले बगाउँदा छ जनाको मृत्यू भएको छ । १ जना अझै बेपत्ता रहेका छन् । शनिवार विहान स्थानीय र सुरक्षाकर्मीहरुले पहिरोमा पुरिएका छ जनाका शव निकालेको हाे। घरभित्र पुरिएको अवस्थामा ४४ वर्षीया राममती जेठारा र उहाँकी १५ बर्षीया छोरी शान्ती जेठारा , ११ वर्षीया छोरा प्रयागराज जेठारा र छोरी ७ वर्षे अस्मीताको शव निकालेको घटना स्थलवाट प्रहरी असई रायभान सिंह ऐरीले वताए । उहाँका अनुसार ८० वर्षका दले जेठारा, १२ बर्षीय सन्तु जेठाराको लास पनि लिकालेको छ भने पहिरोमा पुरिएका २० बर्षीया गिरीजा जेठाराको भईरहेको छ ।

“राती अविरल बर्षा सहित गाउँ माथीबाट अलि अलि पहिरो आउँदा जानकारी भएपछि हल्लाखल्ला गरेर राती सवै घरबाट वाहिर निस्कियौ” स्थानीय सुरेश जेठाराले भने“उनिहरु भाग्न नसकेर पहिरोमा पुरिए छन् ।” गाउँको माथी पट्टी रहेको रातो पड सामुदायिक वनबाट पहिरो आए पछि १८ घरमा पुर्ण रुपले क्षति भएको छ हाे । पहिरोमा परी २२ वटा भैसी , ६५ वटा बाख्रा , २४ वटा गाई गोरु समेत बगाएको छ । खबर छ ।

शीर्ष समाचार

धेरै पढिएको