August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

बौद्वबाट बरामद गरिएको “युरेनियम” परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि

काठमाडौं, काठमाडौंको बौद्धबाट बरामद भएको युरेनियम नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको छ ।

आइतबार प्रशोधित युरेनियम हुन ‘यु–२३५’ हुनुपर्नेमा नास्टको परीक्षणमा कच्चा ‘यु–२३८’ रहेको पुष्टि भएको प्रतिष्ठानले जनाएको हो । 

उनका अनुसार नास्टले आजमात्रै परीक्षणको रिपोर्ट पठाएको हो । काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले बिहीबार साढे २ किलो ‘युरेनियम’ बरामद गरेको थियो

शीर्ष समाचार

धेरै पढिएको