July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

सिराहाको बम विस्फोटमा गम्भीर घाइते भएकालाई काठमाडौं ल्याइँदै

लहान, सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार गराइएको विस्फोटमा गम्भीर रुपमा घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

धनगडीमाई नगरपालिका ४ सिरहाका ३५ वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।

कार्यालयको मोठ शाखामा दिउँसो १ बजे भएको विस्फोटमा परी ८ जना घाइते भएका थिए । घाइते नासु शिवकुमार यादवलाई भने एम्बुलेन्समा विराटनगर लगिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको