August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

माओवादी केन्द्रको केन्द्रीय समिति संख्या दुई सय नै सदस्य कायम राख्ने निर्णय

काठमाडौं, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति २ सय सदस्यीय रहने भएको छ । केन्द्रीय सदस्य युवराज चौलागाईंका अनुसार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको बैठकले एमालेसँग एकता गर्दाको संख्या नै कायम राख्ने निर्णय गरेको हो ।

आइतबारको केन्द्रीय समिति बैठकमा करिब १ सय ८५ जना सहभागी भएका थिए । एमालेसँगको एकतापछि ५ जना केन्द्रीय सदस्यको मृत्यु भएको र १० जना सदस्य अनुपस्थित रहेको उनले बताएका छन्  । पार्टी एकताअघि माओवादी केन्द्रमा झन्डै ४ हजार जनाको केन्द्रीय समितिको संख्या रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको