August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

माओवादी केन्द्रको बैठकमा नेतालाई कारबाहीदेखि पार्टीको नाम फेर्नेसम्मको एजेन्डा पेश

काठमाडौं, नेकपा माओवादी केन्द्रको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्नेदेखि एमालेमा रहने निर्णय गरेका नेताहरुलाई अनुशासनको कारबाही गर्नेसहितका एजेण्डा पेस भएको छ । 

केन्द्रीय सदस्य युवराज चौलागाइका अनुसार उक्त बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जकोतर्फबाट रिपोर्टिङ, छलफल, सुझाव र टिप्पणी, विधान, संगठनात्मक काम र पार्टी अनुशासन कारबाहीको, कार्यकर्ता भेला, पार्टीको नाम परिवर्तनसहित कम्युनिष्ट पार्टीबीच एकतासम्मका एजेण्डा पेस भएको छ भने हाल छलफल जारी छ ।


पार्टी अनुशासनको एजेण्डामा एमालेमा रहने निर्णय गरेका माओवादी केन्द्रका नेताहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाउने भएको छ । माओवादी नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साहलगायतका नेताले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिने निर्णय गरेपछि उनीहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाउने भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको