August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

सिरहामा बम विस्फोट, विस्फोट भएको ठाउँमा भेटियो तराई मुक्ति मोर्चाको पर्चा

लहान, सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विस्फोट भएको छ । कार्यलयको दोस्रो तलामा आज अज्ञात समुहले बम विस्फोट गराएको हो ।

सो विष्फोटमा परी सात जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माका अनुसार घाइतेमध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको छन् ।

विष्फोट भएको स्थानमा तराई मुक्तिको पर्चा भेटिएको खुलेको छ । सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ । घटनामा घाइते भएकाहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । सो घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको