August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

साउदीमा अब कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने

काठमाडौं, साउदीमा अब विदेशी कामदारले मालिकको अनुमतिबिनै काम फेर्न र देश छोड्न पाउने भएका छन् । विदेश कामदारहरूलाई सजिलो हुने गरी साउदी अरबले ‘काफला’ प्रणालीमा सुधार गरेको हो ।

साउदी अरबका मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले गत नोभेम्बरमा घोषणा गरेको सुधार आइतबारदेखि लागू भएको छ ।

योसँगै अब साउदीमा रहेका विदेशी कामदारले मालिकको अनुमतिबिनै देश भित्रिने र बाहिरिने गर्न सक्ने भएका छन् । अब विदेशी कामदारले काम परिवर्तन गर्न पनि मालिकको पूर्वस्वीकृति नचाहिने भएको छ।

यसबाट साउदीमा रहेका एक करोड विदेशी कामदार लाभान्वित हुने बताइन्छ । विदेशी कामदारलाई मालिकसँग बढी जिम्मेवार बनाउन काफला प्रणाली ल्याइएको उल्लेख छ ।

केही मानव अधिकारवादी संस्थाहरूले आइतबारदेखि लागू भएको सुधारको स्वागत गरेका छन् तर काफला प्रणालीका केही प्रावधान अझै जारी राखिएकोमा असन्तुष्टि पनि जनाएका छन् । सभार दृष्टि

शीर्ष समाचार

धेरै पढिएको