April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

दिगो विकासका लागि स्थायित्व र निरन्तरता दिनुपर्छ: प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवन सरकारका निम्ति सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ गर्दै उनले उनले यस्तो बताएका हुन् ।

विरोधका लागि विरोध गर्ने प्रवृत्तिका बाबजुद सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न विकास निर्माणका कामलाई तीव्रता दिएको बताएका छन् ।

उनले भने,‘विरोधका लागि विरोध, जसरी पनि विरोध गर्ने प्रवृत्ति, आफ्नो स्वार्थ पूरा गर्नका लागि हिरिक्क हुने प्रवृत्ति भएको देशमा हामीले दिगो विकास दृढताका साथ तीव्र गतिमा अघि बढाएका छौं । ‘यसलाई स्थायित्व र निरन्तरता दिनुपर्छ ।’

उनले विकासलाई जनताको जीवनसँग जोड्नुपर्ने खाँचो औंल्याए । ‘जनताको जीवन हाम्रा निम्ति सबैभन्दा महत्वपूर्ण छ,’ उनले भने, ‘त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरेका छौं ।’

शीर्ष समाचार

धेरै पढिएको