August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

पार्टी एकता जोगाउन नेपाल-ओली समूहसँग छुट्टाछुट्टै छलफल गर्ने जिम्मेवारी गौतमलाई

काठमाडौं, नेकपा एमालेका नेता तथा एकता अभियानका संयोजक वामदेव गौतमले पार्टीभित्र देखिएको समस्या समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालसँग छलफल गर्ने भएका छन् ।

अभियानको बैठकले पार्टी भित्रको समस्या समाधान गर्न अभियान सक्रिय हुने निर्णय गरेको हो । बैठकले पार्टी एकता जोगाउनका लागि दुबै समूहसँग छुट्टाछुट्टै छलफल गर्ने जिम्मेवारी संयोजक गौतमलाई दिएको छ ।

एमाले पुनः फुटको संघारमा पुगेपछि बलियो र एकताबद्ध बनाउन अभियानको माध्यमबाट भूमिका निर्वाह गर्ने निर्णय बैठकले गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको