August 5, 2021, Thursday
२०७८ श्रावण २२, शुक्रबार

थप ६० जनामा कोरोना संक्रमण पुष्टि, ७२ जना डिस्चार्ज

काठमाडौं, शनिबार थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार १७८ पुगेको छ ।

गत २४ घण्टामा कोरोना निको भई ७२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७१ हजार २४९ पुगेको छ ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या ४९ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १४ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको