August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

केही दिनभित्रै धारा–धारामा मेलम्चीको पानी पुर्‍याउने प्रम ओलीको दाबी

file photo

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनभित्रै धारा–धारामा मेलम्चीको पानी वितरण हुने बताएका छन् ।

शनिबार अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालमा विकास–निर्माणमा नेपालले युगान्तकारी परिवर्तन गरेको उनले दाबी गरेका हुन् ।

उनले भने, ‘कतिपयलाई लागिसकेको थियो कि मेलम्चीको पानी आउँदैन । हामी निरन्तर अघि बढिरहेका छौं ।  हामीले मेलम्चीको पानी काठमाडौंमा खसाल्यौं, बागमतीमा बगिरहेको देख्नुुभएको छ । केही दिनभित्रै धारा–धारामा पानी आउनेछ ।’

 ‘हाम्रो विकासको गतिलाई कोभिड–१९ ले पनि रोक्न सकेन । हाम्रो विरोधीहरु र खुट्टा तान्नेहरुले पनि रोक्न सकेनन्,’ उनले भने,‘ हाम्रो पार्टीलाई बदनाम गराउने, हाम्रो पार्टीको चरित्र हत्या गर्ने कामहरु भए । देशलाई अस्थिरतातर्फ धकेल्ने स्थिरता हुन नदिने विकासको क्रममा बढ्न नदिने काम भए ।’ 

शीर्ष समाचार

धेरै पढिएको