August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

कांग्रेस र जसपाको संयुक्त सरकार चाँडै बन्छ, जसका लागि प्रधानमन्त्री हाम्रा सभापति देउवा हुन्: थापा

file photo

नवलपरासी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको नेतृत्वमा माओवादी र जनता समाजवादी पार्टी (जसपा) को संयुक्त सरकार चाँडै बन्ने बताएका छन् । जसका लागि संयुक्त सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने उनले दाबीसमेत गरेका छन् ।

शनिबार पूर्वी नवलपरासीको हर्कपुरमा चौधरी ग्रुपले सञ्चालनमा ल्याएको उन्नति कल्चरल भिलेजको निरिक्षणपछि पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो बेला देशलाई ओलीकरणबाट जोगाउने हो । कांग्रेस पार्टीभित्र प्रधानमन्त्री को हुने भनेर झगडा गर्ने बेला होइन । प्रधानमन्त्री हाम्रा सभापति देउवा नै हो त्यसमा विवादै गर्न हुन्न र विवाद छँदै छैन ।’

नेता थापाले प्रधानमन्त्रीबाट ओलीलाई हटाउन जति ढिला गर्‍यो त्यति देशमा संकट गहिरिदै जाने उनको भनाई छ । ओलीले अख्तियार र संवैधानिक अंगहरु ध्वस्त पारेका छन् देशलाई ओलीकरणबाट जोगाउनका लागि उनलाई फाल्न एक दिनपनि ढिला गर्न नहुनेमा सत्ता साझेदारीको नजिक पुगेका तीनवटै दल एक भएको उनले बताए ।

शीर्ष समाचार

धेरै पढिएको