August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

कांग्रेस, जसपा र माओवादी केन्द्र मिलेर सरकार बनाउनुपर्छ: नेता पौडेल

बागलुङ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको समयमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै सरकार बनाउनुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा विकृति भित्राएकाले तत्काल सत्ताबाट हटाउनुपर्ने बताए । आज बागलुङमा प्रेस युनियनले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले असंवैधानिक कदम चाल्दै देशलाई संकटतर्फ धकेल्ने व्यक्तिलाई देशको अभिभारा सुम्पन नसकिने बताएका हुन् ।

नेता पौडेलले सरकार सञ्चालनका लागि कम्युनिष्ट पार्टीले पाएको जनमत उनीहरु आफैले छिन्न भिन्न पारेकाले देशलाई बर्बादीतर्फ जान नदिन नेपाली काँग्रेसले नेतृत्व लिने बताए ।

शीर्ष समाचार

धेरै पढिएको