April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

माओवादी केन्द्र र जसपाबीचको बैठक सकारात्मक, संयुक्त छलफल गरेर निर्णयमा पुग्ने

काठमाडौं, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीचको शनिबार बसेको बैठक सकारात्मक बनेको छ ।

पार्टी माओवादीको पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा ओली सरकारको विकल्पमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त छलफल गरेर निर्णयमा पुग्ने विषयमा समझदारी भएको बैठकपछि जसपा अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

उनका अनुसार सो बैठकमा ओली सरकार घातक रहेको भन्दै तीन दलको गठबन्धन उपयुक्त हुने निष्कर्ष समेत निकालिएको छ । यसको लागि छिट्टै तीन दलको बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी
रहेको छ ।

रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्तालगायतका जसपाको मागका विषयमा आजको बैठक सकारात्मक ढंगले अघि बढेको माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

शीर्ष समाचार

धेरै पढिएको